सलोन र आमेशको ‘मेरो लागि तिमी’



नायक द्वय सलोन बस्नेत र आमेश भण्डारी पछिल्लो समय अभिनय संगै गायनमा समेत सकृय हुन थालेका छन् । केही समय अगाडि रुम नम्बर १०८ गीत सार्वजनिक गरेका उनीहरुले पछिल्लो समय अर्को एक गीत सार्वजनिक गरेका छन् ‘मेरो लागि तिमी’ । गीतमा शब्द तथा संगीत समेत उनीहरुकै रहेको छ भने संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा सुशिल बाबु छेत्रीको छायांकन तथा निर्देशन रहेको छ भने सम्पादन दिन्सन शाहले गरेका हुन् ।

गीतलाई लिएर आफुहरु निकै आशावादी रहेको बताउँदै सलोन र आमेषले अभिनयमा जस्तै गायनमा समेत दर्शक श्रोताको माया पाउने विश्वास ब्यक्त गरे ।


भिडियो लिङ्क : https://youtu.be/f9f3N6UZj4E

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal