जय किशन र शुभेच्छाको ‘मखमली मखमली’ ट्रेलर



फिल्म ‘मखमली मखमली’को ट्रेलर सार्वजनिक भएको छ । यही मंसिर १३ गते बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘मखमली मखमली’ निर्मात्री, लेखक तथा गीतकार सावित्रा चिलुवालको वास्तविक जिवनमा घटेको घटनामा आधारित फिल्म हो ।

यथार्थपरक कथावस्तुमा नारी बेदनालाई प्रतिनिधित्व गर्दै, महिलाहरुले भोग्नु परेको दु:ख पिडालाई समेटिएको फिल्ममा जयकिशन बस्नेत, शुभेच्छा थापा, सविन बास्तोला, शारदा गिरी (कालीबुढी), सुदर्शन आचार्य, सम्राट पोखरेल, परि तामाङ लगायतको अभिनय रहेको छ । फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal