‘ए मेरो हजुर ४’मा सुहानाको जोडी अनमोल



नायिका तथा निर्देशक झरना थापाको तेश्रो निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ४’ मा अन्तत नायक अनमोल केसी फाइनल भएका छन् । शनिबार निर्माणपक्षले अनमोल संग कागजी संझौता गरेसँगै फिल्मको मेल लिडमा अनमोल फाइनल भएका हुन् । ‘ए मेरो हजुर ३’ मा अनमोल संगै आफ्नी छोरी सुहाना थापालाई डेब्यु गराएकी झरनाले ए मेरो हजुर ४ मा अनमोल र सुहानाको जोडीलाई निरन्तरता दिने भएकी हुन् ।

अनमोल केसीले फिल्म ‘धुपौरे’मा काम गर्ने भएपछी आफ्नो फिल्ममा अनमोल रहने सम्भावना न्युन रहेको बताउँदै आएकी झरनाले अनमोलले फिल्म धुपौरे छोडे संगै आफ्नो फिल्ममा अनुबन्ध गरेकी हुन् । आगामी माघ १६ गते देखि छायांकनमा जाने गरी फिल्मको तयारी अगाडि बढेको निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई निकै रुचाइएको थियो । पुन: फिल्मी पर्दामा यही जोडीलाई एकसाथ प्रस्तुत गर्न झरना सफल भएकी छिन् ।

नेपाली फिल्म क्षेत्रलाई दुई व्यवसायिक सफल फिल्म पस्किसकेकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ पुर्णतया प्रेमकथामा आधारित रहने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal