बालुवाटारमा छलफल गर्दै ओली र प्रचण्ड



प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागको बालुवाटार उच्च स्रोतले जनाएको छ । दुई अध्यक्षबीच बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुका बारेमा निर्णय हुने बताइएको छ। प्रधानमन्त्री तथा दुई अध्यक्षको छलफल पछि मात्रै सचिवालय बैठक बस्ने र उक्त बैठकबाट मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी छ ।

दुई नेताको छलफलमा कुरा मिले शुक्रबार साँझ मन्त्रिपरिषद्को बैठक समेत बोलाउने सम्भावना रहेको बताईएको छ । यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal