‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक



फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । लाइट कमेडी जनरामा निर्माण भएको फिल्म आउँदो मंसिरको २७ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने छ । ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउन खोजिएको छ । जोन योञ्जन निर्देशित फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्म्स र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खातियोडा र रुपक थापाले निर्माण गरेका हुन् भने फिल्मका सह-निर्माताको रुपमा गौतम शाह रहेका छन् । फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal