चलचित्रकर्मी गोविन्द शाही पक्राउ



चलचित्र निर्माता तथा वितरक गोविन्द शाही पक्राउ परेका छन् । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘घामड शेरे’ को प्रिमियरको लागि भक्तपुर पुगेका शाहीलाई सोहि ठाउँ बाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताए ।

एसपी प्रधानका अनुसार पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले सहयोग मागेकाले उनलाई पक्राउ गरेर बुझाइएको हो ।

उनलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कालिमाटीका डिएसपी रुगम कुवँरले अदालतले पक्राउ गरेर बुझाउन भन्दै पक्राउ पुर्जी जारी गरेकाले शाहीलाई पक्राउ गरिएको हो । उनलाई शुक्रबार अदालत उपस्थित गराइने छ ।

उनीमाथि ठगीको आरोप लागेको छ । फिल्म लिलीबिली विवादमा उनले दिनुपर्ने रकम नदिएको भन्दै निर्माता सुदिप खड्काले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal