‘प्रेम गीत ३’ को मोसन टिजर सार्बजनिक ( भिडियो )



बहुप्रतिक्षित फिल्म प्रेम गीत ३ को ५६ सेकेन्डको मोसन टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई एक योद्धाको रुपमा देख्न सकिन्छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई निर्माता सन्तोष सेन र छेतेन गुरुङले संयुत रुपमा निर्देशन गर्न लागेको हुन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछि ‘प्रेम गीत ३’ निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो ।

प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ बाट देशभर प्रर्दशनमा आउने छ । फिल्ममा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायत को अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal