संजय र गोविन्दा एकअर्काको दुश्मन ?



कुनै समय अती नै मिल्ने बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा एकअर्काका ठुलो दुश्मन भएका छन । फिल्म रक्कीबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

तर, आफ्नो खराब बानीका कारण उनले बलिउडमा प्रभाव जमाउन सकेनन् । उनीभन्दा ५ वर्ष पछाडि गोविन्दाले बलिउडमा इन्ट्री मारेका थिए । उनी त्यस समयका सबैभन्दा व्यस्त अभिनेता रहेका थिए । अमेरिकामा केही वर्ष रिहाबमा बसेका संजयले बलिउडमा कमव्याक गर्दा गोविन्दा चर्चाको शिखरमा रहेका थिए ।

उनीहरुले सँगै धेरै फिल्ममा काम पनि गरे । तर, उनीहरुबीचको सम्बन्धमा एकाएक दरार आयो । संजय दत्तको अण्डरवल्र्डसँग सम्बन्ध भएका कारण पनि गोविन्दालाई समस्या परेको थियो । विभिन्न विवादमा फसेका संजय दत्तको एउटा टेप रेकर्ड बाहिरियो । जहाँ उनले गोविन्दाका कारण फिल्म सुटिङमा समस्या भएको कुरा डन छोटा सकिलसँग गरेका थिए ।

छोटा सकिलले पनि गोविन्दालाई फोन गरेर धम्काउने प्रयास गरे । त्यो घटनापछि गोविन्दाले संजयसँग कुनै पनि सम्बन्ध नराख्ने प्रण गरे । आज पनि संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् ।

संजय आज पनि बलिउडमा टिकिरहेका छन् । उनले जसो तसो आफ्नो स्टारडम जोगाइ राखेका छन् भने गोविन्दाले खासै सफलता पाउन सकेका छैनन् । उनले पछिल्लो समय एकपछि अर्को गर्दै सुपर फ्लप फिल्महरु दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal