बाह्रसिंगाको राजधानी शुक्लाफाँट ड्रोन क्यामेराबाट हेर्दा



प्रदेश ७ को कञ्चनपुर जिल्लमा अवस्थित शुक्लाफाँट राष्ट्रिय निकुञ्ज सुरुमा शाही सिकार आरक्षको रुपमा विसं २०२६ मा स्थापना भएको थियो ।

बाह्रसिंगाको ड्रोन क्यामेरा बाट लिईएको भिडियो

त्यसपछि यसलाई विसं २०३३ मा सिकार आरक्षबाट हटाएर शाही वन्यजन्तु आरक्षको रुपमा मान्यता दिइएको थियो । २०७३ सालमा यसलाई वन्यजन्तु आरक्ष केन्द्रबाट राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिएको हो । तीन बर्षअघि मात्र (२०७३ सालमा) निकुञ्जको मान्यता पाएको यो आरक्ष थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु रहेको आरक्ष हो ।

भीमदत्त नगरपालिकाको वृत्तचित्र

सन् २०१३ मा यस निकुन्जमा २, १७० वटा बाह्रसिंगा गणना गरिएको छ । शुक्लाफाँटा ३०५ वर्ग किमीमा फैलिएको छ । नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खयरमजुर रहेको शुक्लाफाँटाभित्र तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदानसमेत रहेको । ३०५ वर्ग कि.मि. म. क्षे. क्षेत्रफलः २४३.५ वर्ग कि.मि.सबैभन्दा महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेको निकुञ्जका कर्मचारी बताउँछन् । केही समयअघि गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १७ पुगेको छ । त्यसैगरि यहाँ ८ वटा गैडा बस्ने गरेका छन् ।

निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४ सय २४ भन्दा बढी चराचुरुङ्गीको बसोबास पनि यही निकुञ्जमा रहेको छ ।

-कमल प्रसाई

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal