‘सुस्केरा’ प्रदर्शन पक्का



करिब तीन बर्ष पहिले निर्माण भइ प्रदर्शनमा आउन नसकेको फिल्म ‘सुस्केरा’को अन्ततः प्रदर्शन पक्का भएको छ । सोमबार वितरण सम्झौता भएसँगै फिल्म आगामी पौष १८ बाट दर्शकमाझ आउने पक्का भएको हो ।

फिल्मलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्ममा समावेश एक गीत दुई बर्ष पहिले नै रिलिज गरिएको थियो ।

‘सुस्केरा’मा स्वरुप पुरुष ढकाल, सुरक्षा पन्त, मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्याय लिड अभिनयमा छन् । एसपी ढकाल र सिके ढकाल निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal