‘सप्तरङ्ग’ दोश्रो सिजन औपचारिक शुभारम्भ, कार्तिक २० गते विर्तामोडबाट सुरु हुने



सात प्रदेशको सातै शहरमा आयोजना हुने साङ्गितिक तथा सांस्कृतिक कार्यक्रम ‘सप्तरङ्ग’को औपचारिक शुभारम्भ भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त साङ्गितिक तथा सांस्कृतिक टुरको शुभारम्भ गरिएको हो । कार्तिक २० गते विर्तामोडबाट सुरु हुने उक्त कार्यक्रम कात्तिक २२ बिरगंज, कात्तिक २४ चितवन, कात्तिक २६ नेपालगन्ज, कात्तिक २८ सुर्खेत, कात्तिक ३० महेन्द्रनगर हुँदै मंसिर ४ गते पोखरामा पुगेर समापन हुनेछ ।

पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । कार्यक्रममा सातै शहरमा अभिनेता राजेश हमाल, हाँस्य कलाकार जितु नेपाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, गायक हिमाल सागर, लोक दोहोरी गायक प्रकाश सपुत र नेपाल आइडल सिजन २का विजेता रवी ओडले आफ्नो प्रस्तुती राख्नेछन् ।

यस कार्यक्रमले पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गर्न सहयोग मिल्ने विस्वास आयोजक आयोजक गृष्मा ब्रोडकास्टिङका अदक्ष्य ग्रिहेन्द्र घिमिरेले ब्यक्त गरे । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखेको उनको भनाई थियो ।

कार्यक्रममा दर्शकका लागि सातै प्रदेशका सातै शहरमा प्रवेश निशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal