नेपथ्यको नयाँ गीतमा चेलीको विरह (भिडियो)



लमजुङकी एक किशोरीले रैथाने भाका हालेर सुनाएको विरह वेदनामा आधारित गीत नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ।ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गरेको हो।

‘मैले हुर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङ तिरको भाका भनेरगुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केही ठाउँमा सुनेको याद छ।’

आमा समूहको सांगीतिक टोली नाचगान देखाउन आएको बेला एक किशोरीले गाउँदा मन छोएकोले त्यसैलाई भाका हालेर तयार गरेको गायक गुरुङले बताए ।गीत ब्याण्डले कालिकास्थानको नेपालयस्थित आरशालामा रेकर्ड गरेको हो।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal