‘माछा माछा’ प्रदर्शन मिती सर्यो



कात्तिक २९ गते देखी प्रदर्शनमा आउने भनिएको फिल्म ‘माछा माछा’को प्रदर्शन मिती पर सरेको छ । फिल्म आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

‘माछा माछा’ मा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने छायांकन शिवराम श्रेष्ठको रहेको छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की रहेका छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको छ । फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठ विशेष भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal