फ्राइडे रिलिजमा ‘बादशाह जुट’



फिल्म ‘बादशाह जुट’को कार्तिक १५ गते शुक्रवारबाट प्रदर्शनमा आएको छ । एक्सन कमेडी समेटिएको फिल्ममा जोनी सिंह राणाको कथा तथा निर्देशन रहेको छ । फिल्ममा सुशिल श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिषेक शशि कुमारको लेखन रहेको फिल्ममा कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, उत्तम हुमागाईको छायाँकन, राजकुमार उप्रेतीको द्वन्द र दिर्घ खड्काको सम्पादन रहेको छ । एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको फिल्म हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal