तिहारमा कस्तो मेकअप गर्ने ? – वरिष्ठ सौन्दर्यविद सुष्मा महरा



तिहार नेपालीहरुको दोश्रो ठूलो चाड हो । यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । अझ यस पर्वको अर्को रौनकता हो नेवारहरुको म्ह पुजा र नेवारकै सबै भन्दा पुरानो सम्वत नेपाल सम्वत यो चाडसंगै मौलिक पर्व समेत जोडिएकोले तिहारलाई अझ रमाईलो बनाईदिएको छ । साथै, तराई मधेशमा मनाईने छठ पर्व समेत जोडिएकोले यस समयले विशेष महत्व बोक्दै आएको छ ।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरिन्छ । तसर्थ पनि यस समयमा विशेष खालको रौनकता छाउने गर्दछ ।

तिहारमा कस्तो मेकअप गर्ने त ?

तिहारसंगै चिसो मौसमको समेत आगमन हुने भएकाले स्कीनहरु ड्राई हुन शुरु भएको हुन्छ । त्यसै अनुरुप हामीले मेकअप गर्दा फुस्रो नदेखिने तरिकाले मेकअप गर्नुपर्दछ । चिसो मौसममा राति पनि हामिले छालको फुस्रो पन हटाउनको लागि स्कीन भिटामिन, मस्चराईजर र ब्यालेन्सीङ क्रिम प्रयोग गर्नु पर्दछ । यसरी राति प्रयोग गरेको क्रिमले दिनमा गरिने मेकअप फुस्रो नदेखिन धरै सहायता गर्दछ । यसरी गरिने मेकअप लामो समय सम्म टिकाउ पनि रहन्छ । चाडवाडको वेलामा हेयर स्टाईल बनाउदा कपाल अनुहार तथा घाटी तिर आएर नअल्झाउने किसिमले गर्नु उपर्युक्त रहन्छ । साथै, यस चाडको बेलामा पुजा पाठ समेत गरिने भएकोले यस्तो बेलामा मेकअपहरु गर्दा रातो चिज लाई ध्यानमा राखेर गर्दा उत्तम हुनेछ ।
सुष्मा महरा – महिला उधमी / वरिष्ठ ब्यूटिसियन

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal