लागु पदार्थ दुर्व्यसन न्यूनिकरणका लागि झापाको झिलझिलेमा कन्सर्ट



लागु पदार्थ तथा दुर्व्यसन न्यूनिकरण र नियन्त्रण गर्दै सभ्य अनि सम्मुन्नत समाज स्थापना गर्ने उदेश्यसहित झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा कार्तिक ८ गते शुक्रबार साँझ ११औं म्यूजिक इभ लाईभ कन्सर्ट हुदैछ । समाजसेवी कल्व झिलझिलेको मुख्य आयोजनामा र इलाका प्रहरी कार्यालय झिलझिलेको समन्वयमा कन्सर्ट हुन लागेको हो ।

कन्सर्ट आयोजक समितिका संयोजक दिपेन लिम्बुका अनुसार नेपालीहरुको महान चाँड वडा दशै, तिहार र छठपर्वको अवसरमा कन्सर्ट हुने भएको हो । कन्सर्टमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्याण्डहरुले आ–आफ्नो सांगीतिक प्रस्तुती दिने भएको छ, लिम्बुले भने- ‘आउटसाइडर व्याण्ड’ र ‘कबवेब व्याण्ड’ ले प्रस्तुती गर्ने छ । साथै गायीका एलिना चौहान, ‘द–लिजार्ड व्याण्ड’ र ‘प्रलय व्याण्ड’ लगायतले आफ्नो प्रस्तुती दिने भएकाछन ।

आयोजक समितिका सचिव ब्रिजेश गिरीका अनुसार लागुपदार्थ तथा दुव्र्यवसनी न्यूनिकरण र नियन्त्रण गर्न कन्र्सट आयोजना गरिएको हो । त्यस्तैं, स्थानीय स्तरमा धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र त्यसको प्रवर्दन गर्न हाम्रो उदेश्य हो, गिरीले भने–‘हामी केही युवाहरुको सक्रियतामा समाज सकरात्मक परिवर्तन गर्न प्रयास गरिरहेका छौं ।

त्यस्तैं, लागु औषध दूव्र्यसनीमा फसेका शिवसताक्षीका युवाहरुलाई सुधारकेन्द्र पुर्याएर उनीहरुको भविष्य उज्वल बनाएको सचिव गिरीले बताए । गिरीका अनुसार झिलझिलेमा व्यवस्थित सुधार केन्द्र स्थापना गर्ने लक्ष्य समेत राखिएको छ ।

कार्यक्रम व्यवस्थापन संयोजक छेसाङ तामाङका अनुसार कार्यक्रमले मनोरञ्जनसँगै समाज सुधार गर्नु पनि हो । चाडँ पर्वको समयमा मनोरञ्जनसँगै समाजमा बढ्दै गइरहेको लागु औषध प्रयोग र ओसार प्रसार जस्ता कार्यलाई न्यूनिकरण गर्दै नियन्त्रण गर्नु हो, तामाङले भने ।

कन्सर्टलाई सभ्य र भप्य रुपमा सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । कार्यक्रम संयोजक दिपेन लिम्बु, सचिव बिज्रेस गिरी, आर्थिक संयोजक अनिश अग्रवाल, व्यवस्थापन संयोजक छेसाङ तामाङ, प्रचार-प्रसार संयोजक सन्तोस थेगिम, अतिथि सत्कार संयोजक छिरिङ तामाङ, स्वयसेवकतर्फ संयोजक निमा तामाङ छन् ।

झिलझिलेस्थित श्री झिलझिले माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कन्सर्टलाई भव्य र सभ्य ढंङ्गमा सफल पार्न आयोजकले प्रचार–प्रसार लगायत आर्थिक संङ्कलनलाई तीब्र पारिएको छ ।

कन्सर्टमा रु ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा प्रवेश शुल्क रु २०० राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal