सबै भन्दा ठुलो कुरो ‘आँट’ – ‘सरौतो’ ट्रेलर

कार्तिक २२ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नायिका सुमी मोक्तानलाई एक्सन अवतारमा देखाइएको छ । सरौतो ट्रेलरले साउथ इण्डियन फिल्ममा प्रयोग हुने एक्सनको झल्को दिन्छ ।

ट्रेलरमा सुमीसंगै फिल्मका मुख्य कलाकारहरु सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, अरुणा कार्की, लियो ट्यांकलगायतलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । सरौतो फिल्म मार्फत फिल्म क्षेत्रमा एक्सन स्टार नायिकाको उदय हुने अनुमान फिल्मको ट्रेलर मार्फत गर्न सकिन्छ । नायिका सुमी मोक्तानकै वरिपरी फिल्मको कथा घुमेको देखिन्छ । फिल्ममा उनी बोल्न नसक्ने पात्रको रुपमा प्रस्तुत छिन् । त्यसका लागी उनले ६ महिना सांकेतिक भाषा सिकेको समेत ट्रेलर सार्वजनिक कार्यक्रममा जानकारी गराइयो । एक्सन प्रदान फिल्मका लागि सुमीले विगत २ वर्ष देखि मार्शलआर्टको ट्रेनिङ समेत गरेकी थिइन् ।

फिल्ममा धिरेन शाक्य, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको समेत अभिनय रहेको छ । छायाँकारका रुपमा चर्चित हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको छ ।

फिल्ममा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन नेवार र श्रेया सोताङको स्वर सुन्न सकिन्छ ।