सुहाना थापाको उपस्थितीमा ओमानमा ‘ए मेरो हजुर ३’ प्रदर्शन हुने



नेपालमा सुपरहिट सावित भएको फिल्म ‘ए मेरो हजुर ३’को ओमानमा प्रिमियर हुने भएको छ । यूरोप र अमेरिकाका विभिन्न शहरमा आफ्नो सफल प्रदर्शन गरिसकेको फिल्मको ओमान प्रदर्शन यही आउँदो अक्टोबर १८ तारिकमा हुन लागेको हो । फिल्मको ओमान प्रिमियरमा सहभागी हुन अमेरिकामा रहेकी फिल्मकी नायिका सुहाना थापा ओमान आउने भएकी छिन् । नेपालबाट प्रिमियरमा सहभागी हुन निर्देशक झरना थापासंगै निर्माता सुनिल कुमार थापा ओमान जाँदै छन् ।

ओमानको लुनार सिनेमा, एल क्यूरममा फिल्मको प्रिमियर हुन लागेको हो । ओमानमा फिल्म प्रदर्शन नम्रता झा र राजकुमार न्यौपानेको संयुक्त पहलमा हुन लागेको हो । साङ्गितिक प्रेमकथामा आधारित रहेको फिल्म ए मेरो हजुर ३मा सुहाना र अनमोल केसीसंगै सलोन बस्नेतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal