फरेनहाइटमा चर्चित भारतीय गायक टोनी कक्करको कन्सर्ट हुँदै



भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ । ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा नेपालमा प्रस्तुत गर्न लागिएको हो ।

टोनी आफैमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् । उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन् , जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् । पछिल्ला बर्षहरुमा भारतका चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ । टोनीले ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ, जसमा प्रवेशको लागि प्रि टिकेट अन्तर्गत २५०० र ३५०० मुल्य रहेको छ । तर, कार्यक्रमकै दिन गेटमा गएर किन्दा टिकेटको मुल्य ३५०० र ५००० राखिएको छ । त्यसैले आयोजकले टिकेट अगाडी नै लिई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन् । कार्यक्रममा उनले आफ्ना दर्जन बढी गीतहरु प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal