‘घामड शेरे’ ट्रेलर सार्वजनिक, खोलालाई मुद्धा हाल्दै निस्चल



फिल्म ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का केन्द्रमा छन् ।

फिल्मको ट्रेलरमा मुख्य तया विदेशबाट नेपाल फर्केका निस्चलले तरकारी खेती गर्न भनी किनेको जग्गा बाडीले बगाए पछीको अवस्थालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा निस्चलकी रियल जोडी स्वस्तिमा निस्चलको सालीको रुपमा देखिएकी छिन् । फिल्ममा निस्चलको श्रीमतीको भूमिकामा रहेकी कलाकार सुष्मा निरौलालाई पनि मुख्य स्थान दिइएको छ । हेमराज विसीको कथा, पटकथा तथा निर्देशन रहेको ‘घामड शेरे’ रोमान्टिक–कमेडी जनरामा निर्माण भएको फिल्म हो ।

फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको हो । फिल्ममा निश्चल, स्वस्तिमा र सुष्मा सँगै लोकेन्द्र लेखक, गौरी मल्ल, बादल भट्ट, रोय, सरोज अर्याल लगायतको अभिनय रहेको छ ।

निर्देशक विसीको होम प्रोडक्सन विसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप लामा र प्रमोद भण्डारीको कोरियोग्राफी, काली प्रसाद वाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । नरेन्द्र विक्रम बुढा छेत्री कार्यकारी निर्माता रहेको फिल्म निर्देशक हेम राज बिसी स्वयम र सिमोस सुनुवार मिलेर निर्माण गरेका हुन् । फिल्म आउँदो कार्तिक ८ गते देखी प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal