‘आमा’ फर्स्टलुक पोस्टर – अर्ध मुण्डन अवस्थामा सुरक्षा



फिल्म ‘आमा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक केही पोस्टरहरुमा नायिका सुरक्षा पन्तलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । पोस्टरमा विशेषत सुरक्षालाई अर्ध मुण्डन गरिएको अवस्थामा प्रस्तुत गरिएको छ ।

एक पोस्टरमा फिल्ममा आमाको भूमिकामा रहेकी मिथिला शर्माको पिडा झल्किने स्वरुप ऐनामा प्रस्तुत गरिएको छ जसमा सुरक्षालाई पृष्ठभुमीमा देख्न सकिन्छ । पोस्टरले आमा र छोरी बीचको सम्बन्ध प्रस्तुत गर्न खोजेको अनुमान लगाउन सकिन्छ । फिल्मलाई ‘सम्पूर्ण आमाहरु प्रति समर्पित, आमाहरु कै कथा’ भनिएको छ ।

फिल्ममा दिपेन्द्र के. खनालको लेखन, निर्देशन तथा छाँयाकन रहेको छ । प्रयोगवादी निर्देशकको रुपमा समेत आफुलाई प्रमाणीत गरेका निर्देशक खनालले यो फिल्म विशेष हुने बताउँदै आएका छन् । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने सह-निर्माताको रुपमा सन्तोष अधिकारी रहेका छन् ।

भुपेन्द्र खड्काको गीत रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको समेत अभिनय रहेको छ । फिल्म महाशिवरात्रीको अवसर पारेर आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal