‘पोई पर्यो काले’ ट्रेलर सार्वजनिक



फिल्म पोई पर्यो कालेको ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनारामा निर्माण भएको फिल्मको ट्रेलर काले पोईको कथामा केन्द्रित छ । फिल्मका मुख्य कलाकार सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, पुजा शर्मा, आकाश श्रेष्ठ, सोहित मानन्धर लागायत फिचर्ड ट्रेलरमा गोरे पोईको खोजी गर्दा गर्दै अन्त्यमा काले पोई पर्दाको अवस्थालाई चित्रण गरिएको छ ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने कार्यकारी निर्माताको रुपमा अमला देवी राई रहेका छन्। फिल्म राजिब गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपालीको संयुक्त लगानीमा निर्माण भएको हो । फिल्ममा नायिका सुरक्षा पन्त अतिथी भूमिकामा देखिनेछिन् । फिल्ममा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, बिन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल (छन्दे), राजेन्द्र नेपाली लगायतको समेत अभिनय रहेको छ । लाल बहादुर खाती र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन, तारा थापा (किम्भे)को सम्पादन रहेको छ । फिल्म कात्तिक ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal