‘घामड शेरे’को पहिलो गीत सार्वजनिक



हेमराज बिसी निर्देशित फिल्म ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘साली मन पर्यो’ बोलको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट)को कोरियोग्राफी रहेको छ । गीतमा कालीप्रसाद बाँस्कोटा संगै अश्मिता अधिकारीको स्वर रहेको छ ।

कमेडी जनरामा निर्माण भएको फिल्ममा निश्चल र स्वस्तिमा संगै शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय लगायतको अभिनय रहेको छ भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्म तिहारको अवसर पारेर कार्तिक ८ गते देखी सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal