सुगमको ‘शुभ दशैँ’ (भिडियो)



करिब ८ बर्ष अघि गायक सुगम पोखरेलले गाएको ‘दशैं’ गीतले निकै चर्चा कमाएको थियो । अझै पनि नेपाली गीत संगीतका श्रोता तथा दर्शकहरुलाई हरेक बर्षको दशैं तिहार यो गीत बिना अधुरै लाग्छ । करिब ८ बर्ष पछि पुन: दशैंकै अवसर पारेर गायक सुगम पोखरेलले आफ्नी छोरि एन्जेलिजा पोखरेल संग मिलेर ‘शुभ दशैं’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द संगीत सुगम कै रहेको छ भने संगीत संयोजन सन्नी सुनामको रहेको छ ।

गीतको भिडियोमा सुगम संगै छोरी एन्जेलिजा पनि फिचर्ड छिन् । भिडियोलाई सतिस श्रेष्ठ र बलराम बुडाथोकीले खिचेका हुन् भने सम्पादन तथा निर्देशन सतिश श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal