राष्ट्रिय नवदुर्गा सम्मानबाट ९ नायिका सम्मानित



राष्ट्रिय नवदुर्गा सम्मानबाट नेपाली फिल्म क्षेत्रकी प्रथम नायिका भुवन चन्ददेखि अहिलेका चल्तीमा रहेका ९ जना नायिका समानित भएका छन् ।

राष्ट्रिय नाचघर जमलमा रेजिना फिल्मस् प्रा.ली. र सहिद फिल्मस् प्रा.ली.ले ‘राष्ट्रिय नवदुर्गा सम्मान तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरी नेपालकै पहिलो फिल्म ‘आमा’का नायिका द्वय भुवन चन्द र वसुन्धरा भुसालसंगै गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइँटेलको साथमा स्वस्तिमा खड्कालाई सम्मान गरिएको हो । कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नायिकाहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

विशिष्टलाई कदर तथा नयाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एकै मञ्चमा यी विभिन्न कालखण्डका नायिकाहरुलाई सम्मान गरिएको आयोजकले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal