‘बादशाह जुट’ ट्रेलर सार्वजनिक



फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर एक्सन र कमेडीले भरिएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्र सुशिल श्रेष्ठलाई पत्रकारको भूमिकामा देखाइएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांस कलाकार अटेका छन् ।

जोनी सिंह राणाको कथा तथा निर्देशन रहेको फिल्ममा आमिर गौतम, रोविन तामाङ, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिषेक शशि कुमारको लेखन रहेको फिल्ममा कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, उत्तम हुमागाईको छायाँकन, राजकुमार उप्रेतीको द्वन्द र दिर्घ खड्काको सम्पादन रहेको छ । एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको फिल्म हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म कार्तिक १५ गते बाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal