निष्ठुरी स्नेहा (भिडियो)



संचारकर्मी रवि अधिकारीको शब्दमा चर्चित गायक शिव परियारको स्वर रहेको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ । माया, प्रेम र धोकाको कथा बोकेको ‘निष्ठुरी’ बोलको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ ।

गीतले मायाको अर्थ नभुझी धनको पछी लाग्ने एक युवतीको कथा बोकेको छ । गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् । सशान कँडेलले निर्देशन गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने सम्पादन बिकास दाहालको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal