देउरालीमा भेटिए राजेश-करिश्मा (भिडियो)



महानायक राजेश हमाल र सदावहार नायिका करिश्मा मानन्धर लामो समयको अन्तराल पछि एकै पर्दामा पुन देखिएका छन् । फिल्म क्षेत्रमा पछिल्लो समय निकै कम सकृय यी दुईलाई एकै पर्दामा फर्काउने काम भने निर्देशक देवेन्द्र पाण्डेले गरेका हुन् । उनको निर्देशन रहेको गीत ‘चट्ट बसम् देउरालीमा’को भिडियोमा निर्देशक पाण्डेले महानायक हमाल र सदावहार नायिका मानन्धरलाई एकै फ्रेममा उतार्न सफल भएका हुन् ।

कोरस डान्सर हुँदै फिल्म निर्देशक सम्मको यात्रा तय गरिसकेका निर्देशक पाण्डे पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत सकृय छन् । ‘लामो समय एकै पर्दामा नदेखिनु भएका राजेश करिश्मा जोडीलाई लिएर भिडियो बनाउने काम सजिलो पक्कै थिएन । मुख्य त भिडियो भन्ने बित्तिकै स्तरीयताको कुरा आउँछ । उहाँहरुको वजनलाई बरकरार राख्दै सन्तुलित भिडियो निर्माण गर्नु चुनौतीपुर्ण थियो । तर, हाम्रो टिमको प्रयास र मेहनतले यो सम्भव भएको छ’, निर्देशक पाण्डेले भने ।

गायिका मेलिना राई र गायक भिम चापागाईको स्वरमा रहेको उक्त गीतमा शब्द/संगीत दिपक शर्माको रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई अच्युत बजगाईले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal