रविको शब्दमा शिवको ‘आँशुको अर्थ २’ (भिडियो)



गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक भएको छ । शिवको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश सार्वजनिक गीतमा संचारकर्मी रवि अधिकारीको शब्द रहेको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायक सन्नी सिंह र नायिका ज्योत्सना योगीको अभिनय रहेको छ । भिडियोमा बुद्ध थापाको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal