‘च च हुई’को दोस्रो गीत ‘जवानी’ सार्वजनिक



फिल्म ‘च च हुई’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जवानी’बोलको आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा फिचर्ड छन् । केही दिन अगाडी बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार गीतलाई आकर्षक देखाउन निर्माण पक्षले केही सम्झौता गरेको छैन ।

गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । लुको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ् दिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ ।

फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय रहेको छ । रोमान्टिक कमेडी जनरमा तयार भएको फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । फिल्ममा सुशन प्रजापतिको छायाँकन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal