फौजी जागीर (भिडियो)



राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजय दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ ।

प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जिवन बडुको स्वर रहेको छ । प्रभावन जे को निर्देशन रहेको भिडियोमा रामशरण जंगम, प्रल्हाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईले अभिनय गरेका छन् । सम्पादन तथा सहायक निर्देशन नविन भट्टको रहेको भिडियो छायाँकन रोनिश तामाङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal