‘साङ्लो’को फस्टुलक पोस्टर सार्वजनिक



नायक विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘साङ्लो’को फस्टुलक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा विराजको एक्सन अवतार देख्न सकिन्छ । फिल्मको फस्टलुक पोस्टर संगै प्रदर्शन मिति समेत सार्वजनिक छ । फिल्म फागुन ९ गते देखि प्रदर्शनमा आउने भएको छ । यो मितीमा दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ पनि प्रदर्शनमा आउँदै छ ।

‘साङ्लो’लाई एक्सन र सामाजिक कथामा निर्माण गरिएको वुझिएको छ । फिल्ममा निकिता चण्डक विराजको अपोजिटमा रहेकी छिन् । तर, फस्टलुक पोस्टरमा भने उनी अटाउन सकेकी छैनन् । फिल्ममा विराज र निकितासंगै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal