बसन्त र सपनाको ‘देवीलाई रातो धजा छ’ (भिडियो)



गायक बसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । विजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ ।

सुनिल क्षेत्रिले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र विकाश ज्ञवालीले सम्पादन गरेका गरेका छन् । भिडियोमा सुनिल क्षेत्रि र माला लिम्बु फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal