भावना आचार्यको ‘बोल्दैन फोटो’ (भिडियो)



गायिका भावना आचार्यको ‘बोल्दैन फोटो’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ ।

शिव बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर्ड छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियो विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal