‘छ माया छपक्कै’को प्रोमोसनल गीत ‘बिच्च बिच्चमा’ सार्वजनिक



फिल्म ‘छ माया छपक्कै’को प्रोमोसनल गीत ‘बिच्च बिच्चमा’ सार्वजनिक भएको छ । गायक दुर्गेश थापाको चर्चित तीज गीत ‘बिच्च बिच्चमा’को शब्द परिवर्तन गरेर फिल्मको प्रोमोसनल गीत निर्माण गरिएको हो । छ माया छपक्कै टिम र दुर्गेश थापाको शब्द तथा संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् । भिडियोमा फिल्मका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, कलाकारसंगै फिल्मकी सल्लाहकार निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी ‘भान्जा’ समेतलाई फिचर गरिएको छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सल्लाहकार निर्देशकको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।

रोहित अधिकारीको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेका छन् । फिल्मका सह-निर्मातामा ताराचन्द्र बजगाई निशान, सुमन गिरी भान्जा, केशव न्यौपाने, दिपेन्द्र खनिया, सुरज बम ठकुरी, रबिन डाँगी लगायत रहेका छन् ।

निर्देशक लामाकै कथा रहेको फिल्ममा पटकथा दीपकराज गिरीको रहेको छ भने दीपकराज गिरीसंगै केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको संवाद, रोशन श्रेष्ठको द्वन्द, हरी हुमागाईको डिओपी, कविराज गहतराजको कोरियोग्राफी, बिपिन मल्लको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal