‘मिस्टर नेपाली’को दशैं लक्षित गीत ‘हे मेरा परदेशी दाजु भाई’ सार्वजनिक



कात्तिक २९ गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’को दशैं लक्षित गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीतले विदेश गएका नेपालीहरुको कथा बोलेको छ । फिल्मको यो गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ ।

फिल्ममा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको छ । देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रेमराज दाहालको लगानी रहेको छ । फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्म ‘मिस्टर नेपाली’मा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिनेछ । विशेषगरि, परदेशमा रहेपनि मन त तेपाली नै हुन्छ भन्ने कथालाई यो फिल्मले प्रस्तुत गरेको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal