‘पोई पर्यो काले’को ‘मायाले मलाई’ गीतमा प्रेम परियारको स्वर



फिल्म ‘पोई पर्यो काले’को एक गीतमा गायक प्रेम परियारले स्वर दिएका छन् । फिल्ममा समावेश ‘मायाले मलाई’ बोलको गीतमा प्रेमको स्वर सुन्न सकिनेछ । यस अघि प्रेमले गाएको फिल्म नाईं नभन्नु ल ४को गीत निकै चर्चित बनेको थियो ।

गायक परियारले पढाई र स्वर बदलिएका कारण आफुले केही समय फिल्मको गीत नगएको बताए । ‘यो गीतको शब्द सुन्ने वित्तिकै मन पर्यो । आशा छ, मलाई प्रतिक्षा गर्नु भएका श्रोता तथा दर्शकहरुले यो गीत मन पराउनुहुनेछ,’ प्रेमले भने ।

रघु परियारको शब्द रहेको उक्त गीतमा पुरुषोत्तम न्यौपानेको शब्द रहेको छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचर गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा पुजा र सौगात संगै आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकार मुख्य भूमिकामा छन् । कमेडी जनरामा निर्माण भएको पोई पर्यो काले कात्तिक ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal