साम्तेनको ‘धुपौरे’मा अनमोल फाइनल



साम्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘धुपौरे’मा नायक अनमोल केसी अनुबन्धित भएका छन् । निर्माणपक्षले यो फिल्मको लोगो समेत सार्वजनिक गरेको छ जसमा, नायक अनमोलको मात्र नाम उल्लेख गरिएको छ । फिल्मका निर्देशक भुटियाले अनमोल फिल्मका लागि फाइनल भएको पुष्टी गरेका छन् । रुपेन्द्र खड्गी प्रस्तुतकर्ता रहेको धुपौरोलाई जयन श्रेष्ठले निर्माण गर्नेछन् । फिल्म एजेएस इन्टरटेनमेन्ट र फिल्मस् नेपाल प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको हो ।

लामो समय अगाडि देखि साम्तेनले यस फिल्मको अफर गरेको भएता पनि अहिले आएर अनमोल फिल्म खेल्न राजी भएका हुन् । फिल्मको छायांकन मंसिरमा सुरु हुने बुझिएको छ । फिल्मका लागि अनमोल फाइनल भएता पनि अन्य कास्टहरु फाइनल हुन बाकि छन् । फिल्म कस्तो कथा वस्तुमा निर्माण हुदैछ भन्ने केही खुलाइएको छैन । विशेषत निर्देशक भुटिया आर्ट बेशका फिल्म निर्देशनमा जमेका व्यक्ति हुन् ।

साम्तेन निर्देशित पछिल्लो फिल्म ‘च च हुई’ मंसिरमा रिलिज हुँदैछ । उता फिल्म ‘एन्टी हिरो’को तयारीमा रहेका अनमोलले एन्टी हिरो भन्दा अगाडि यो फिल्मको छायांकन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal