‘कमेडी च्याम्पियन’मा २४ प्रतियोगी छनौट



केही समय अगाडी घोषणा गरिएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा डिजिटल अडिसनसंगै फिजिकल अडिसन गरेर टप २४ छनौट भएका छन् । डिजिटल अडिसनमा मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जाल पेजसंगै रेडियो अडियो मार्फत सहभागी दुई हजार प्रतियोगी मध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनौट गरेको हो । गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ छनौट भएका हुन् ।

उनीहरुले प्रत्यक्ष रुपमा निर्णायक माँझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईको निर्णायक मण्डलले छनौट गरेको थियो । २४ छनौट प्रतियोगी मध्य २ भारतको दार्जि्लिंग र असामका रहेका छन् ।

छनौट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ । उक्त प्रतियोगी मध्यबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ ।

प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई 3 प्रोडक्सनले निर्माण गरेको हो । अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो बिशाल भण्डारीको निर्देशनमा तयार हुने छ । पछिल्लो समय विदेशी फ्रेनचाइजको शोहरु बढ्दै गर्दा आफ्नोपन बोकेको कमेडी च्याम्पियनले दर्शकको माया र साथ पाउनेमा निर्देशक भण्डारी विश्वस्त छन् ।

शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गर्ने्छिन् । शो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ, जसलाई शान बस्न्यातले लेख्नेछन् । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रम छिटै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । यसलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal