फिल्म ‘काले दाई’को ट्रेलर संगै ‘यो दुनियाँ मेरो लागि’ गीतको लिरिकल भिडियो सार्वजनिक



असोज १७ गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘काले दाई’को ट्रेलर र ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण यूनिटले फिल्मको ट्रेलर र गीत एक साथ सार्वजनिक गरेको हो । फिल्ममा अन्तरजातिय प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा नेपाल आइडलबाट चर्चा कमाएका गायक सुरज थापाको स्वर रहेको छ । इन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द रहेको गीतमा पवनवाङ लामाको संगीत रहेको छ ।

‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव शर्मा निर्देशित फिल्म नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको छ ।

इन्द्र रामजाली र किशन अर्यालको कथा रहेको फिल्ममा पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal