मीना र एलिनाको ‘गाह्रो छ’ (भिडियो)



अभिनेत्री तथा मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पञ्जाबी मोडल ह्यारी चहलको अभिनय रहेको गीतमा नेपाली मोडल लोमस र सन्तोषले पनि अभिनय गरेका छन् । सार्वजनिक ‘गाह्रो छ’ बोलको गीतमा बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ । अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र नेपाली फिल्ममा काम गरिसकेकी छन् ।

राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर छ । उक्त भिडियोको निर्देशन प्रज्वल राज घिमिरेले गरेका हुन् । आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाई छ । गीतको अडियो तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal