नायिका नीता ढुंगानाको फेसबुक ह्याक, मेसेन्जरमा आएको लिंक नखोल्न आग्रह



नायिका नीता ढुंगानाको फेसबुक ह्याक भएको छ । यसको पुष्टी गर्दै नायिका ढुंगानाले शनिवार राति देखी ह्याक भएको फेसबुक म्यासेन्जरबाट आफ्ना साथीहरुकोमा एउटा लिंक पठाइएको र सो लिंक खोल्ने जो कसैको पनि फेसबुक ह्याक हुने भएकाले उनको फेसबुक म्यासेन्जरबाट कसैकोमा कुनै पनि खालको लिंक आएमा नखोल्न आग्रह गरेकी छन् । कसले र किन ह्याक गर्यो भन्ने पत्ता नलागेको भएता पनि आफ्नो ह्याक भएको फेसबुक पुरानै अवस्थामा फर्काउन आइटी एक्सपर्टले प्रयास गरिरहेको उनले बताइन् ।

पछिल्लो समय कलाकारहरुको फेसबुक ह्याक हुने क्रम बढेर गएको छ । केही समय अगाडि नायक सुशील श्रेष्ठको फेसबुक पेज ह्याक भएको थियो जसबाट हरेक समय एक ब्युटी प्रोडक्टको लाइभ प्रसारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal