फिल्म ‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्वजनिक



फिल्म ‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । नामले नै माया पिरिमको कथा जस्तो लाग्ने फिल्मले प्रेम कथा बोल्नेछ । टेक पौरखी राईको निर्देशनमा बनेको फिल्मको कथा सबिन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् । ‘माया पिरिम’मा मोहन मरासैनी र युवराज दाहाल सह-निर्मातामा रहेका छन् ।

फिल्ममा कोशिश क्षेत्रि, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ । निरज कंडेलले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्म आगामी मङ्सिर २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal