साम्राज्ञीलाई भेट्न फ्यानहरु काठमाडौंमा, अंकित भन्छन्, ‘म साम्राज्ञीको प्रेजेन्सको नै फ्यान हो’



नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली फिल्म क्षेत्रकी नम्बर १ नायिका हुन् भन्दा फरक नपर्ला । पछिल्लो समय उनी अभिनित फिल्म ‘रातो टिका निधारमा’ असोज १० गतेबाट प्रदर्शनमा आउँदै छ । उनले यस फिल्ममा निर्माता तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्मासंग स्क्रिन सेयर गरेकी छिन् ।

‘रातो टिका निधारमा’ प्रदर्शनमा पुर्वसन्ध्यामा सम्राज्ञीलाई अर्को खुसी मिलेको छ । त्यो खुसि उनले आफ्ना फ्यानहरु मार्फत प्राप्त गरेकी हुन् । थोरै फिल्म खेलेर पनि दर्शकको ठुलो भिडलाई आफु तिर तान्न सफल सम्राज्ञीलाई नचाहने कमै होलान् । उनै साम्राज्ञीलाई भेट्न नेपाल भरि छरिएर रहेका केही फ्यानहरु काठमाडौँ आइपुगेका छन् । रुटिन अफ नेपाल बन्दको सहकार्यमा काठमाडौँ आएका उनीहरुले नायिका सम्राज्ञी राज्य लक्ष्मीलाई भेटेका छन् । कमलपोखरी स्थित डिसीएनको अफिसमा एक भेटघाट कार्यक्रमको आयोजना गरेरा सम्राज्ञीका फ्यानहरुले सम्राज्ञीलाई भेटेका हुन् ।

भेटघाटपछी प्रतिकृया दिँदै साम्राज्ञीले फ्यानहरुलाई भेट्न पाउँदा निकै खुसि मिलेको बताइन् । फ्यानहरुसंग प्रतक्ष भेट्न हरेक कलाकारको चाहाना हुँदा हुँदै पनि समय परिस्थिती अनुकुल नबनिदिँदा भेट सम्भव नहुने भन्दै यस्ता संयुक्त भेटघाट कार्यक्रमले कलाकार र दर्शक बिचको सामिप्यता अझै प्रगाढ बनाउन सहयोग पुर्याउने बताइन् । सम्राज्ञीले भेटघाट कार्यक्रममा केक काट्दै फ्यानहरुलाई मायाको चिनो स्वरुप फिल्म आफ्नो हस्ताक्षर सहितको ‘रातो टिका निधारमा’को पोस्टर र टिसर्ट प्रदान गरेकी थिइन् ।

उक्त भेटघाट कार्यक्रममा सम्राज्ञीका फ्यानहरुसंगै ‘रातो टिका निधारमा’मा सम्राज्ञीको अपोजिटमा रहेका नायक अंकित शर्माले आफु सम्राज्ञीको उपस्थितीको नै फ्यान भएको बताए । तपाई चाहिँ साम्राज्ञीको के कुराको फ्यान हुनुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा जवाफ दिँदै अंकितले भने, ‘म साम्राज्ञीको प्रेजेन्सको नै फ्यान हो’ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal