कसको मुटुमा बास माग्दै छिन् मिलन ? (भिडियो)



नेपाली सुगम संगीतको क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउन सफल गायिका हुन् मिलन नेवार (आमात्य) । पछिल्लो समय उनकै अवाजमा रहेको मेलोडी गित ‘मुट भित्रै देउन मलाई बास’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगित रहेको छ ।

सयौं हिट गितमा स्वर भरिसकेकी गायिका मिलनले यस गीतको भिडियोमा सोलो अभिनय समेत गरेकी छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने छांयाकन उत्सव दाहलको रहेको छ ।

विकास दाहालले सम्पादन गरेको भिडियो मिलन नेवारको आफ्नै युट्युव च्यानलबाट शुक्रबार रिलिज गरीएको हो । एल्बम ‘मिलन २’ मा समाबेश देउन मलाई बास गितलाई संञ्जीव वराईलीले एरेञ्ज गरेका हुन । अजर अम्बर रहने गितमा काम गर्न पाएकोमा संगितकार राजनराज शिवाकोटीले खुशी ब्यक्त गरे भने गायिका मिलनले गित सबैको मन मुटुमा बस्न सफल हुने विश्वास ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal