काठमाडौँमा थपियो अर्को मल्टिप्लेक्स, ‘वान सिनेमा’ संचालनमा



काठमाडौंमा नयाँ मल्टिप्लेक्स हल संचालनमा आएको छ । मध्य बानेश्वर स्थित बिहिबारबाट संचालनमा आएको आईप्लेक्स मलमा रहेको ‘वान सिनेमा’को पनि बिहिबारै शुभारम्भ गरिएको हो । 7.1 डल्बी डिजिटल साउण्ड सिस्टम सहित 2D र 3Dमा फिल्म हेर्न सकिनेछ । 4k भिडियो प्रोजेक्सन सिस्टम जडान गरिएको वान सिनेमामा कुल २ वटा हल रहेका छन् । ४१० सिट क्षमताको वान सिनेमा व्यवसायी तथा फिल्म निर्माता प्रज्वल सम्शेर जंगबहादुर राणा र फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई (राणा)ले संचालनमा ल्याएका हुन् ।

हलको शुभारम्भ कार्यक्रममा नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरु संगै फिल्म पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । नायिका रेखा थापा, निर्देशक/कलाकार दिपाश्री निरौला, नायिका श्वेता खड्का, नायिका बर्षा राउत, अभिनेता दयाहाङ राई, कलाकार विल्सन विक्रम राई, निर्देशक राम बाबु गुरुङ, नायिका सुष्मा राणा कार्की, नायिका जसिता गुरुङ, नायक धिरज मगर, नायक संजोग कोइराला लगायतको उपस्थिती शुभारम्भ कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा बोल्दै नायिका रेखा थापा र निर्देशक/कलाकार दीपाश्री निरौला द्वयले त्यस ठाउँमा रहेको पुरानो इतिहास सम्झँदै नेपाली फिल्म क्षेत्रका लागि अर्को एउटा मन्दिर थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal