विद्यालाई लिएर ‘सकुन्तला देवी’ बन्ने



नायिका विद्या बालन फेरि पर्दामा धमका मच्चाउन थालेकी छिन् । विद्याले अभिनय गरेको फिल्म ‘मिसन मंगल’ बक्स अफिसमा ब्लकबस्टर भैसकेको छ । यो सफलता संगै उनले अर्को फिल्ममा काम गर्ने भएकी छिन् ।

एक महिलाको बायोपिकमा बन्ने फिल्म ‘शकुन्तला देवी’ मा उनी मुख्य भूमिकामा देखिने छिन् ।शकुन्तला देवीलाई ‘दि ह्यूमन कप्यूटर’को उपनामले पनि चिनिन्छ । सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले शकुन्तला देवीको कथा भन्नेछ । अनु मेननको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन लण्डनमा सुरु भैसकेको छ।

चलचित्रको निर्माणपक्षले यो चलचित्रबाट विश्वलाई नै प्रभावित बनाएकी एक महिलाको प्रेरणादायी कथा भन्ने बताएको छ । आउँदो बर्षमा यो चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal