सन्नीले ‘पासवर्ड’ आफैँ संग लिएर गइन् !



सन्नी लियोनिको नेपाल आगमन संगै फिल्म ‘पासवर्ड’ निर्माताले फिल्मले केही गर्छ भन्ने सोच बोकेका थिए होला । फिल्ममा एक आइटम नृत्य गरेकी उनलाई फिल्म निर्माण पक्षले यती धेरै महत्व दिएर प्रचार गर्यो कि मानौँ सन्नीको नामले नै फिल्म चल्छ ।

तर, फिल्मको प्रिमियर शोमा सहभागी हुन नेपाल आएकी सन्नीको चर्चाले फिल्मलाई कुनै सकारात्मक असर गर्न सकेन । न त उनको नामले फिल्म हेर्न दर्शक हल सम्म नै गए । सन्नी माथिको लगानी बलुवामा पानि हाले जस्तै भयो पासवर्ड निर्माताका लागी । फिल्ममा नेपाली कलाकार पनि थिए । सन्नीलाई प्राथमिकतामा राखेर नेपाली कलाकारलाई छायाँमा पारेको निर्माण पक्षले यो बुझ्न जरुरी थियो कि सन्नीलाई नेपाली दर्शकले हलमा भन्दा बढि गुगुलमा सर्च गर्छन् ।

बरु उनले प्रिमियरमा आफुलाई नेपाली मिडिया देखेर डर लागेको भनेर दिएको अभिव्यक्तिले चर्चा पायो । करिब ३० मिनेट प्रिमियरमा बसेकी सन्नी मिडिया फिल्म हेर्न हलमा छिरेपछि सुटुक्क निस्केर हिँडेकी थिइन् ।

उनी सुटुक्क निस्केर हिँड्नुकको रहस्य बल्ल खुल्न थालेको छ । सन्नीले मुर्ति चोरीको कथा समेटिएको फिल्मको मुर्ति लुकाएर राखिएको लकरको पासवर्ड लिएर निस्केकी रहिछन् । पासवर्ड नै सन्नीले लिएर हिँडेको थाहा पाएपछि नेपाली दर्शक फिल्म हेर्न हलसम्म नगएका होलान् त ?

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal