आकाश र सृष्टिको ‘मन छोडी’ (भिडियो)



गायक केदार बरुवाल छेत्रीको आवाजमा रहेको नयाँ गीत ‘मन छोडी हिँडे स्वदेशमा’को भिडियो सार्वजनिक भएको छ । गीतकार रवि मल्लको शब्द रचना तथा संगीतकार कल्याण सिंहको संगीत रहेको सार्वजनिक गीतमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोलाई गायक तथा भिडियो निर्देशक शशान कंडेलले निर्देशन् गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal