स्नेही काखमा नीताको जन्मदिन सेलिब्रेसन



नायिका नीता ढुंगानाले आफ्नो जन्मदिन स्नेही काखमा मनाएकी छिन् । तिथी अनुसार शनिवार परेको आफ्नो जन्मदिनमा उनले स्नेही काखमा रहेका स-साना बालबालिकाहरुसंगै स्नेही काखमा आश्रित ब्यक्तीहरुको माझमा जन्मदिन मनाएकी हुन् ।

उनले जन्मदिन मनाउँदै स्नेही काखलाई सहयोग समेत गरिन् । हरेक जन्मदिनमा सामाजिक कार्यमा सकृय कुनै संघसंस्थालाई सहयोग गर्दै आएकी नायिका ढुंगानाले यो बर्ष स्नेही काखलाई सहयोग गरेकी हुन् । उनले केही आर्थिक सहयोग गर्नुका साथइ खद्यान्न सहयोग गरेकी हुन् । स्नेही काखले सडकमा भेटिएका मानशिक संतुलन गुमाएका ब्यक्तीहरु र अनाथ बालबालिकाहरुलाई संरक्षण दिँदै आएको छ ।

नीताको अभिनय रहेको फिल्म रातो टिका निधारमा प्रदर्शनको तयारीमा छ भने पछिल्लो समय उनी आफ्नै प्रोडक्सनबाट फिल्म निर्माणको तयारीमा छिन् । रनिङ टाइटल ‘माया’ राखेर प्रिप्रोडक्सनको काम अगाडि बढाइरहेको उनले केही महिनामा नै फ्लोरमा जाने गरी फिल्मको काम अगाडि बढिरहेको बताइन् । नेपालसंगै भारतमा छायांकन गरिने फिल्म पूर्णतया प्रेम कथामा आधारित रहनेछ । फिल्ममा नीता आफैँ र गायक तथा नायक कोशिष क्षेत्री मुख्य भूमिकामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal